Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँड सम्पन्न

अर्थ संसार

बुधबार, १७ माघ २०८०, ११ : ५७ मा प्रकाशित

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँड सम्पन्न

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिरहेको सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुलाएको आइपिओ बाँडफाँड गरेको छ ।

कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाका दरले पुस २५ गते देखि आइपिओ निष्कासन गरेको थियो । आइपिओमा ३३ हजार ८ सय २४ जनाले आवेदन दिएकामा ३३ हजार ८ सय १० जनाको आवेदन स्वीकृत भएका थिए जसमध्येबाट पाँच हजार ३ सय ४० जना गोलाप्रथाबाट सेयर प्राप्त गरेका छन् । उनीहरुले ५० कित्ताका दरले सेयर पाएका हुन् । बुक बिल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनै पर्ने व्यवस्था रहेको छ ।

सर्वोत्तम सिमेन्टले ३६ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । बाकिँ ६० प्रतिशत मध्ये ९ लाख ३० हजार कित्ता स्थानीयबासीलाई, २ लाख ६७ हजार कित्ता कर्मचारीलाई र बाकिँ सर्वसाधारणका लागि जारी हुनेछ ।

यस अघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरेको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा प्रतिकित्ता सेयरको मूल्य ३ सय ६० रूपैयाँ ९० पैसा कायम भएको हो ।

आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको