Like us!
Follow us!
Connect us!
Watch us!

सिरोहियाको रिटमा सर्वोच्चद्वारा गृहलाई कारण देखाउ आदेश जारी

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १८ : २४ मा प्रकाशित

सिरोहियाको रिटमा सर्वोच्चद्वारा गृहलाई कारण देखाउ आदेश जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषाविरुद्ध दायर गरेको प्रतिषेधको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आफ्नो नागरिकता छानबिन तथा सम्भावित धरपकड रोक्न सिरोहियाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मङ्गलबार सोही रिटमा फैसला सुनाउँदै टेकप्रसाद ढुङ्गानाको एकल इजलासले गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो । सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता जाहेरी दर्ता भएको छ ।

जाहेरीमा छानबिन शुरु नहुँदै सिरोहियाले सम्भावित धरपकड हुनसक्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा अन्तरिम आदेश पनि माग गरिएकोमा त्यसबारे छलफल गर्न वैशाख २८ गते सम्बन्धित पक्षलाई झिकाउन अदालतले आदेश दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको