Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

अर्थ संसार

सोमबार, १३ असोज २०७६, १४ : १४ मा प्रकाशित

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

अर्थ संसार, काठमाडौं–  सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थानज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली द्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशकचन्द्र टण्डनले सम्मान ग्रहण गर्नु भएको थियो  ।

समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानव सेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी,  ट्रेडिङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको