Like us!
Follow us!
Connect us!
Watch us!

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध

अर्थ संसार

शुक्रबार, २० भदौ २०७६, १० : ४१ मा प्रकाशित

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ । 

सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु ConnectIPS e-Payment मार्फत real-time NCHL-IPS मार्फत तोकिएको सीमामाउक्तकारोबारहरु भुक्तानीगर्न सकिन्छ।

यस अनुरुप अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ ।उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसकातर्फबाट प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरकातर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन ज्यूले हस्ताक्षर गर्नु भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको