Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता, ग्राहकवर्गले पाउनेछन् यस्ता सेवाहरु

सोमबार, १६ असार २०७६, १८ : ५३ मा प्रकाशित

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता, ग्राहकवर्गले पाउनेछन् यस्ता सेवाहरु

अर्थ संसार, काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लिले आप्mनो ग्राहक वर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदानगर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरकातर्फबाट  चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रा. लि.कातर्फबाट  प्रभाकर शम्शेर थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेसमनी ट्रान्स्फरको काउन्टरमागएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरकाकाउन्टरबाट पनि यस सेवाउपलब्ध गराउने योजना रहेको बताइएको छ । योयोजना असार १६ बाट लागू भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको