Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

विहीबार, १९ असार २०७६, १० : ३० मा प्रकाशित

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । हकप्रद शेयर निश्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ ।

हकप्रद निश्कासनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्सबीच बुधबार सम्झौता भएको छ । 

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर  गर्नुभएको छ ।

फाइनान्सले विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी रु. ४०,००,००,०००/- को प्रति शेयर अंकित मूल्य ने.रु. १००/- को दरले १ कित्ता शेयरको १ को अनुपातमा ४०,००,००० कित्ता हकप्रद शेयर निष्काशन   गर्दैछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको