Like us!
Follow us!
Connect us!
Watch us!

२३ गुणा बढी आवेदन परेको गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

मंगलबार, २४ बैशाख २०७६, १३ : ४४ मा प्रकाशित

२३ गुणा बढी आवेदन परेको  गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ यसै साता बाँडफाँट हुने भएको छ । विक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार २६ गते आईपीओ बाँडफाँट गर्ने तयारी भए पनि हालसम्म मिति भने निश्चित भइसकेको छैन ।

गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता शेयर खरीदका लागि आवेदन परेको छ । आईपीओमा २२ दशमलव ८० गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारीका लागि र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई विक्री गरेको हो । ढिलो अवधि जेठ १४ गतेसम्मको मिति रहे पनि मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र नै विक्री बन्द भएको थियो ।

३ करोड रुपैयाँभन्दा कमको सार्वजनिक निष्कासन भएकाले यस आईपीओको क्रेडिट रेटिङ गरिएको छैन । हाल रू. ५ करोड २५ लाख रहेको कम्पनीको चुक्तापूँजी आईपीओ बाँडफाँट गरेपछि रू. ७ करोड ७५ लाख पुग्नेछ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ६९ लाख ७ हजार नाफा कमाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको