Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको रिपोर्ट: खर्च घटाएको देखाइएको भुल भुलैया

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ०९ : १४ मा प्रकाशित

नेशनल हाइड्रोपावरको रिपोर्ट: खर्च घटाएको देखाइएको भुल भुलैया

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस्तो देखिन्छ रिपोर्ट :

नोक्सानी मै छ कम्पनी 

नेशनल हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म पनि नोक्सानी मै रहेको देखिन्छ। यस आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीले १ करोड १४  लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

खर्च घटाएको भुल भुलैया 

कम्पनीले खर्च नियन्त्रण नियन्त्रण गरेको देखाएको छ। कम्पनीको प्रत्यक्ष खर्च (डाइरेक्ट खर्च) घटेको देखिन्छ। गत वर्ष १ करोड ९१ लाख रहेको खर्च हालको वर्ष एकाएक घटेर १ करोड १७ लाखमा झरेको देखिन्छ। 

प्रशासनिक खर्च बढ्यो 

उता प्रशासनिक खर्च भने बढेको देखिन्छ। गत वर्ष पहिलो नौ महिनामा ८३  लाख २३ हजार रहेको उक्त खर्च यस वर्ष ९२ लाख १५ हजार पुगेको छ। 

विद्युत बिक्री आम्दानी उस्तै 

विद्युत बिक्री आम्दानी गत वर्ष जस्तै देखिन्छ।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत बढेको देखिन्छ। 

वित्तीय खर्च घट्यो 
कम्पनीको वित्तीय खर्च घटेको देखिन्छ। कम्पनीले हकप्रदबाट उठेको पैसाले ऋण कम गरेको असर यहाँ देखिएको छ। गत वर्ष १ करोड १२ लाख देखिएको खर्च यस वार्स ७२ लाख ३४ हजार भएको देखिन्छ। 

जसका कारण कम्पनीको सञ्चालन मुनाफा ४०४.८४ प्रतिशत बढेको छ।

खर्च गएर थपियो वोर्क इन प्रोग्रेसमा 
यता घटेको खर्चको लोड कम्पनीले बनाइरहेको प्रोजेक्टमा थुप्रिएको सिधै आकलन गर्न सकिन्छ।  कम्पनीले बनाइरहेको प्रोजेक्टमा यताको खर्च सबै लगानीमा जोडेको कारण यसो हेर्दा कम्पनीले आकर्षक रुपमा खर्च घटाएको देखाए पनि त्यसले अन्तिममा कम्पनीको प्रोजेक्टको लगात बढाउने नै देखिन्छ। 

प्रति सेयर आम्दानी ऋणात्मकमा 

चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ३७ पैसा ऋणात्मक रहेको छ। 

तेस्तै प्रति सेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ। कम्पनीको प्रति सेयर कुल आम्दानी १२१ रुपैंया ९९ पैसा देखिन्छ। अनि डरलाग्दो मूल्य आम्दानी अनुपात ४११.०१ देखिन्छ। 

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ  रहेको छ भने कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँको सञ्चित देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको