Like us!
Follow us!
Connect us!
Watch us!

शेयर गन्थन

सोमबार, २३ बैशाख २०७६, १९ : ०८ मा प्रकाशित

शेयर गन्थन

जब बजार बढ्न थाल्छ लगानीकर्ताहरुले   सपना देख्न थाल्छन , अब बजारमा उछाल आउछ , अब  बजार  उच्च तहमा  पुग्छ , पहिला नै शेयर नकिनेर ठूलै गल्ति गरिए छ। अहिले मेरो पोर्टफोलियो यस्तो भयो उस्तो भयो  भन्दै आमाले आफ्ना बच्चाको डाइपर चेक गरे भन्दा धेरै त लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो चेक गर्न थाल्छन   । जब बजार घट्न थाल्छ अनि लगानीकर्ताहरु फेरी  निदाउन थाल्छन, अब  बजार घट्न थाल्यो  , अब कहिले बढ्ने होला ,  अब के हुने होला  खै , बजारमा के जानु र खै  जानै मन लाग्दैन , गए पनि किन्न मन लाग्दैन । बजार बढ्दा लगानीकर्ताहरुले सपना देख्नु र बजार घट्दा लगानीकर्ताहरु निदाउनु अरु केहि नभएर मानबिय स्वभाब नै हो, आम लगानीकर्ताहरुको मनोविज्ञान हो ।

तर, बजार घट्ने बेलामा दुलामा  पस्ने तर जब बजार अलि अलि के बढ्न थालेको हुन्छ  अनि   लामा लामा चित्र , बिचित्र बनाउदै अब बजार यति अंक पुग्छ उति अंक पुग्छ भन्नेहरु चाहि बजारका एक प्रकारका आतङ्ककारी नै हुन् । यिनीहरु  शेयर बजारका त्रिकालदर्शी अर्थात शेयर बजारको भुत , भबिश्य , बर्तमान छर्लंग बताउन सक्ने हुन भने किन आफैले लगानी नगरेर अरुलाई फ्री मा ज्ञान बाढ्दै हिडेका होलान , मानिसको मनोभावाना सँग किन खेलेका होलान, यदि यिनीहरु शेयर बाबा जी नै हुन भने यिनीहरुको आश्रम ज्ञान लिन आउनेलाई फ्री मा ज्ञान नबाडेर किन फि लिएका होलान् । बिश्वमा बजारमा प्राबिधिक बिश्लेषण एक अनिबार्य नै हो  । तर, नेपालमा यसको  उपयोगिता भने जाने राम्रो तर नजान्दैमा के के न गुमिहाल्ने जस्तो छैन ।  नेपालमा  प्राबिधिक बिश्लेषण गरेर लगानी गरेर कमाउने लगानीकर्ता भन्दा धेरै त प्राबिधिक विश्लेषण भन्दै टिउशन पढाउनेले कमाउँछन । अत नेपालको सन्दर्भमा प्राबिधिक बिश्लेषण केवल भन्ने कुरा मात्र हो , हुने केहि होइन , जे हुन्छ त्यो आफै देखिन्छ , केहि नहुदा सम्म केहि पनि हुदैन ढुक्क हुनुहोस् भने जस्तै  हो ।  शेयर बजारको बारेमा टिउशन पढेर भन्दा पनि टिउशन पढ्ने  पैसा शेयर बजारमा   लगानी गरेर स्व अध्यन गर्दा  धॆरै कुराहरु सिकिन्छ , बुझिन्छ । पढ्नु र पर्नु फरक कुरा हो ।

यसो एक दुइ दिन बजार के बढ्न थाल्छ अनि फलानो कम्पनीमा लगानी गर्नेले यति कमायो उति कमायो  भन्दै समाचारको हेडलाइन तयार हुन्छ ।  यो समचार केवल समचारको लागि मात्र हो भन्ने कुरा  त समाचार बनाउने लाइ मात्र थाहा हुन्छ यथार्थ  के हो भन्ने कुरा त त्यहि कम्पनीको शेयर महङ्गोमा  किनेर भोग्नेहरुलाई मात्र थाहा हुन्छ ।   शेयर बजार मल्टि डायमेन्सन प्रकृतिको भएर हो कि जे सग पनि तुलना गर्न सकिन्छ , भकुण्डोको उफ्राइ , सिढी चढाई आदि आदि । यसरि तुलनात्मक कुरा गर्दा हो कि हो कि जस्तो लाग्छ तर बजारको यथार्थ के हो के हो । यसको चलाइ , घुमाइ , गति भने अचम्मको नै छ । बजारमा नजान्ने कोहि पनि हुदैनन् तर यथार्थ के हो त्यो बुझ्ने कम हुन्छन ।   यो कुरा  मलाइ पहिले नै थाहा थियो भन्ने चाहि धेरै हुन्छन् ।

शेयर बजार सम्बन्धि बिभिन्न फेसबूक फोरमहरु खुलेका छन् । यि मुलत बजार सम्बन्धि जानकारी मुलक सुचना आदान प्रदान गर्ने भनेर खोलिएका हुन् । तर यहि फोरममा नै म संग फलानो कम्पनीको यति कित्ता शेयर छ किन्ने कोहि छ रु भन्दै फोरमलाइ नै शेयर बिक्रि डिपो बनाउनेहरु पनि देख्न पाइन्छ   । शेयर किन बेच फोरम बाट होइन ब्रोकर बाट हुन्छ  भन्ने कुराको दिब्य  ज्ञान प्राप्त नभएर हो वा भएर पनि बुचपचाएर हो जान्न बुझ्नै गाह्रो   । यस्ता  फोरमहरु शेयर बजार सम्बन्धि निशुल्क ज्ञान  लिने उपयुक्त थलो  हुन् ।  शेयर बजार भनेको बिभिन्न रंगहरुको फुलबारी हो जहा टाटे सिउडि देखि गुलाफको फुल सम्म पाइन्छ  । आफुले के लिने, कति मात्रामा  लिने,  कसरि लिने भन्ने कुरा लिने मान्छेमा भर पर्ने कुरा हो ।  शेयर बजार निराशै निराशाले भरिएको थलो नभएर आशै आशाको मैदान हो , जहा के बिद्यार्थी , के शिक्षक , के प्राध्यापक , के कर्मचारी , के गृहिणी , के ब्यापारी सबै अटाउछन , रमाउछन र कमाउछन  पनि ।   

शेयर  बजारमा  सानो सानो लगानी बाट शुरु  गरेर ठुलै कमाउने पनि भेटिन्छन् र लह लहैमा  फलानोले यति कमायो अब मैले पनि कमाउनु पर्छ भन्दै लगानी गर्नेले डुबाएको पनि भेटिन्छ । बजारमा लगानी गर्ने जति सबैले नै सबै कम्पनिहरु बाट कमाउछन भन्ने पनि हुदैन लगानी गरे जति सबै डुब्छ भन्ने पनि हुदैन । लगानी गर्न जाने शेयर बजार बाट मालामाल हुने स्थान भने हो  । शेयर बजारमा   लगानी गर्न चाहने मान्छेमा धैर्यता र अध्यनशीलता दुवै  चाहिन्छ । पैसा मात्र भएर हुदैन लगानी गर्ने आइडिया पनि चाहिन्छ , लगानी गर्ने आइडिया मात्र होइन लगानी गर्ने रकम पनि चाहिन्छ । लगानी गर्ने  आइडिया र लगानीयोग्य रकमको फ्ज्युजन बाट मात्र शेयर बजारबाट कमाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको