Like us!
Follow us!
Connect us!
Watch us!

५ दिनमा ८ कम्पनीको साधारणसभा : शेयरधनीलाई कुनले कति बोनस खुवाउँदै ?

मंगलबार, २४ बैशाख २०७६, १३ : ४१ मा प्रकाशित

५ दिनमा ८ कम्पनीको साधारणसभा : शेयरधनीलाई कुनले कति बोनस  खुवाउँदै ?

अर्थ संसार, काठमाडौं–  मंगलबार (आज) बाहेकको ५ दिनमा अर्थात बैशाख ३० गतेभित्र  ८ वटा कम्पनीको साधारणसभा हुँदैछ । कम्पनीले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्ताव सहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डाकेका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले अमृतभोग कालिकास्थान, डिल्लीबजारमा बैशाख २५ गते अर्थात बुधबार बिशेष साधारणसभा डाकेको छ । ठिक विहान ११ बजेदेखि हुने साधारणसभाले १०ः२ को अनुपातमा हकप्रद शेयर जारी  गर्ने एजेण्डा पारित गर्नेछ । बैशाख १५ गते बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी नाडेप लद्युवित्त वित्तीय संस्थाले बैशाख २६ गते ठिक ११ बजे नौविसे एग्रो रिसोर्ट धादिङमा वार्षिक साधारण डाकेको छ । साधारणसभाले १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश सहितको एजेण्डा पारित गर्नेछ । बैशाख ९ गते बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी कुमारी बैंकले आफ्नो १७ औं र १८ औं वार्षिकसाधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा  बैशाख २६ गते ठिक ११ः ३० बजे बोलाएको छ । साधारणसभाले २१.२५ प्रतिशत बोनस शेयरसहितको एजेडा पारित गर्ने छ । बैंशाख ६ गतेदेखि बैंशाख २६ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी आरम्भ माइक्रोफाइनान्सले केन्द्रिय कार्यालय, बनेपामा बैशाख २६ गते ठिक १ बजे बिशेष साधारणसभा डाकेको छ । साधारणसभाले लेखापरिक्षक नियुक्ती, अन्य वित्तीय संस्थाहरुको शाखा खरिद तथा प्राप्ती लगायतको एजेण्डा पारित गर्नेछ ।  बैंशाख १८ गते बुक क्लोजको मिति तोकेको छ ।

 त्यसै गरी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २२ औं साधारणसभा बैशाख २७ गते सि एम डि फुडल्याण्ड, टंगालमा विहान ११ बजे  बोलाएको छ । साधारणसभाले वार्षिक प्रतिवेदन, नगद प्रवाह छलफल र लेखा परिक्षक नियुक्त लगायतको एजेण्डा पारित गर्नेछ । बैंशाख १५ गतेदेखि बैशाख २०सम्म बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी सिभिल बैंक लिमिटेडले आफ्नो ७ र ८ औं वार्षिक साधारणसभा बैशाख २७ गते विहान ११ बजे अमृतभोग कालिकास्थान, डिल्लीबजारमा बोलाएको छ । साधारणसभाले १०.२५ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश लगायतको एजेण्डा पारित गर्नेछ ।

त्यसै गरी छिमेक लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिसाधारसभा विहान  १०ः३० बजे होटल सामना प्रा. लि. हेटौडामा गर्देछ । साधारणसभाले १८ प्रतिशत बोनस शेयर र २२ प्र्रतिशत नगद लाभांश लगायतका एजेण्डा पारित गर्दैछ । बैंशाख १९देखि बैशाख ३० गतेदसम्म बुक क्लोजको मिति तोकिएको छ ।

र, त्यसै गरी श्रीराम सुगर मिल्सको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे  बैशाख ३० गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतको एजेण्डा पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको