Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २४ बैशाख २०७६, १२ : ४७ मा प्रकाशित

ज्योति विकास बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं  चालू आवको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको नाफा २८ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले  २८ करोड ५३ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा  २२ करोड २४ लाख थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

यस बैंकले हाम्रो विकास बैंकलाई एक्विजिशन गरी २०७५ चैत १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो । बैंकको चुक्तापूँजी  ३ अर्ब १० करोड पुगेको छ । रिजर्भ कोषमा रू। ६३ करोड ४१ लाख छुट्याएको छ । चैत मसान्तसम्ममा बैंकले  २७ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने  २३ अर्ब ९० करोड कर्जा प्रवाह भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १२.२७ रहेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ८० प्रतिशत र कर्जा प्रवाह ७२ प्रतिशतले वृद्धि भएको हो । बैंकले ८० करोड ८ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा  ४४ करोड ७७ लाख गरेको छ ।

5cd12f4733f9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको