Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको आन्दोलन स्थगित

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, २२ : १२ मा प्रकाशित

सेयर लगानीकर्ताको आन्दोलन स्थगित

लगानी सुरक्षाकाे माग गर्दै आन्दाेलनमा उत्रिएर लगानीकर्ताहरूले साेमबारदेखि सेयर ब्राेकरकाे कार्यालयहरू बन्द गराउने घाेषणा गरेका लगानीकर्ताले एकाएक आन्दोलन स्थगित गरेका छन्। 

अर्थमन्त्रालयबाट लगानीकर्ताको जायज माग हरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसेर पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको भन्दै आन्दोलन हाललाई आन्दोलन स्थगित भएको पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। 

हाल देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने लगानीकर्ताको पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका स्थगित गरिएको उनको संजालमा उल्लेख छ। 
 
साथै उनले लगानी सम्मेलन लगत्तै वार्तामा अर्थमन्त्रालय अग्रसर नभए फेरि पनि आन्दोलन जारी रहने उनले बताएका छन्। 

यस आन्दोलन समितिले भाेलि विहान साढे सात बजे लगानी सम्मेलनलाई लक्षित गर्दै साेल्टीमाेडमा प्रदर्शन गर्ने भनेकोमा उक्त कार्यक्रम स्थगित भएको छ। 

662d27c75c2fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको