Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १ जनामा काेराेना संक्रमण पुष्टि

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १४ : १३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमित डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षिय पुरुष रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

त्यस्तै, यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १२१ जना पुगेको छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् भने ३ जनामा पुन कोरोना संक्रमण देखिएको छ । 

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको