Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जको आवश्यकता बारे अध्ययन गर्न गठित समितिले के दियो सुझाव ?

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १५ : ३८ मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जको आवश्यकता बारे अध्ययन गर्न गठित समितिले के दियो सुझाव ?

नयाँ स्टक एक्सचेञ्जको आवश्यकता बारे अध्ययन गर्न गठिन समितिले तीन विकल्पसहितको सुझाव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।

गत माघ १० गते गठन भई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिइएकोमा करिब तीन महिनापछि अध्ययनको प्रतिवेदन पेश भएको हो । समितिमा नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी संयोजक तथा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य सदस्यका रुपमा रहेका थिए ।

समितिले पहिलो सुझावमा नेप्सेमा लगानी विविधकरणका विभिन्न नयाँ प्रडक्ट थप गर्ने अवस्था नरहेको हुँदा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको उल्लेख गरिएको छ । नयाँ ल्याइने स्टक एक्सचेञ्जमा भने त्यस्ता लगानी विविधीकरणका प्रडक्टहरु हुनुपर्ने सुझाव दिइएको छ । अहिले लगानीकर्ताले इन्ट्राडे कारोबार लगायतका सुविधासहितको ट्रेडिङ प्लाटफर्म माग गरिरहेका छन् । 

दोस्रो सुझावमा नेप्सेलाई नै पुनर्संरचना गर्न सकिने सुझाव दिइएको छ । नेप्सेको पुँजीवृद्धि गर्न सार्वजनिक निष्कासन वा साझेदार लगानीकर्ता भित्र्याएर अहिलेको स्टक एक्सचेञ्जलाई नै आधुनिक बनाउन सकिने समितिले सुझाव दिएको छ ।

यी दुवै सुझावहरु एकैसाथ कार्यन्वयन गर्न सकिने सुझाव पनि समितिले दिएको छ । नयाँ स्टक एक्सचेञ्ज अनुमति  दिन धितोपत्र बोर्डले आवेदनसमेत माग गरिसकेको छ भने तीन समूहले आवेदन पनि दिइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको