Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तले १०% व्याज छुट दिने

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १२ : ४३ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तले १०% व्याज छुट दिने

अर्थ संसार, काठमाडाैं - एनआईसी एशिया लघुवित्तले नेपाल राष्ट्र बैंकले प्रदान गरेको २% व्याज सहुलियतको अलावा १०% व्याज छुट प्रदान गर्ने भएकाे छ ।

संस्थाले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/व्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण व्याजको १०% र हर्जाना व्याजको सतप्रतिशत मिनाहा गर्ने योजना लागू गरेको छ ।

साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरूले चैत्र मसान्तसम्म कायम रहेको कर्जा व्याजदरमा ३% व्याज छुट प्रदान गरे पश्चात हुन आउने व्याज रकममा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्य महानुभावको यस संस्थाको खातामा जम्मा गरिने संस्थाले जनाएकाे छ । 

यसैगरी, संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण व्याजको १०% ले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रूपैयाँ ८७ पैसा ग्राहक महानुभावहरूको खातामा जम्मा गरिसकेको  संस्थाले जानकारी गराएकाे छ । 

नेपाल राष्ट्र बैंकले मिति २०७७/१/१६ गते COVID-19 बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको २०७६ चैत्र मसान्तसम्म कायम व्याजदरमा ३% ले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरूको २०७६ चैत्र मसान्तमा कायम व्याजदरमा ३% विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको व्याज रकममा गणना गर्नुपर्ने तथा यसरी व्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरू आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरू जस्ता क्षेत्रहरूमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।

त्यस्तै, यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/१६ मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र महिनाभित्र नै व्याज तथा किस्तामा समाविष्ट व्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, व्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा व्याज भुक्तानी गरेमा साधारण व्याजको १०% ले हुन आउने रकम तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

त्यसैगरी, आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले निकट भविष्यमा ४७ करोड ५५ लाख रूपैयाँ बराबरको प्राथमिक सर्वसाधारण शेयर निष्कासन (IPO) जारी गर्ने व्यवस्था गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको