Like us!
Follow us!
Connect us!
Watch us!

जागीर "टक्सिक" भएको भन्दै कर्मचारीले म्यानेजर कै अगाडि ढोल बजाउँदै छाडे अफिस

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १६ : ४७ मा प्रकाशित

जागीर "टक्सिक" भएको भन्दै कर्मचारीले म्यानेजर कै अगाडि ढोल बजाउँदै छाडे अफिस

भारतको पुणेमा एक युवकले आफ्नो जागीर टक्सिक भएको भन्दै म्यानेजर कै अगाडि ढोल बजाउँदै अफिसबाट राजीनामा दिएर बिदा भएका छन् ।

कार्यालयबाट राजीनमा दिँदै अफिस छाड्ने बेलाका लागि भनेर अनिकेत नाम गरेका ती युवकले वाद्यवादकको टोली नै बोलाएर राखेका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा आफैले राखेको भिडियोमा उनले म्यानेजर अफिसबाट बाहिरिएसँगै ढोल बजाउन लगाएको देख्न सकिन्छ । ढोलसँगै उनले नाचेर समेत खुशीयाली मनाएका थिए ।

उनको गतिविधि देखेर कम्पनीका म्यानेजर भने आक्रोशित भएका थिए । ती म्यानेजर उक्त हर्कत अमर्यादित भएको भन्दै कार्यालय परिसरबाट उनीहरुलाई निस्कन आदेश दिएका थिए । भिडियोमा अनिकेतले जागीर प्रति असन्तुष्टि जनाउँदै आफ्नो तलब न्यून भएको, म्यानेजरले आफूलाई हेप्ने गरेको पनि बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको