Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्याे जानकी फाइनान्सकाे नाफा ?

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १३ : ३७ मा प्रकाशित

किन घट्याे जानकी फाइनान्सकाे नाफा ?

अर्थ संसार, काठमाडौं – जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे खुद नाफा १७.७७  प्रतिशत अर्थात १ करोड २ लाख रूपैयाँले घटेर ४ करोड ७२ लाख ३ हजार रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ५ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । चैत मसान्तसम्म आइपुग्दा फाइनान्सकाे निष्क्रिय कर्जा बढेकाले खुद नाफा घट्न पुगेकाे हाे । फाइनान्सको निष्क्रिय कर्जा ३.३२ प्रतिशतले बढेर ८.२७ प्रतिशत पुगेको छ । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे खुद व्याज भने ३२.२२ प्रतिशतले बढेर १४ करोड ५१ लाख ४३ हजार रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १० करोड ९७ लाख ७१ हजार रुपैयाँ व्याज आम्दानी गरेकाे थियो ।

फाइनान्सकाे सञ्चालन मुनाफा पनि १ करोड ३१ लाख रुपैयाँले बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी ६० करोड ४ लाख रुपैयाँ, जगेडा कोषमा १६ करोड ९० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १० रुपैयाँ ४८ पैसा र  प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६७ पैसा रहेको छ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb905721608e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको