Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ल्याएको २० रुपैयाँको नयाँ नोट

शुक्रबार, ०१ पुस २०७३, १६ : ११ मा प्रकाशित

राष्ट्र बैंकले ल्याएको २० रुपैयाँको नयाँ नोट


अर्थ संसार
काठमाडों–नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट शुक्रबारदेखि चल्तीमा ल्याएको छ । नयाँ नोट साविककै आकार तथा रंगमा छ । यसमा नयाँ भने पहिलेको मृगको सट्टा दुई वटा बाह्रसिंगाको तस्बिर राखिएको छ ।

सङ्केत नम्बर ज/१६ ०००००१ देखि ञ/४० ९९९९९९ सम्मका ती नोटको अग्र भागमा बायाँतर्पm सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप छ । त्यस्तै नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत छ । नोटको तल्लो भागको बोर्डरमा नोटको  सिरियल नम्बर र नेपालीमा विसं २०७२ लेखिएको छ ।

नोटको पृष्ठ भागपट्टीको मध्य भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ र मध्य भागमा बा¥हसिंङ्गेको चित्र छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज ट्वेन्टी’ लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा सिरियल नम्बर र अंग्रेजीमा २०१६ लेखिएको छ ।

नोटमा लेखिएको रकम अक्षर भने अशुद्ध छ । नोटमा नेपालीमा ‘बिस’ लेखिएको छ । शुद्ध भने ‘बीस’ हो । यसअघि ‘बीस’ लेखिँदै आएको थियो । भाषा विवादमा केहीले बिस लेख्ने चलन चलाएका थिए । पछि त्यसलाई सच्याएर मानक भाषामा ‘बीस’ लेख्ने ब्यवस्था नेपाल प्रज्ञा प्रतिस्ठानले गरिसकेको छ ।​

यो पनि पढ्नु्होस् 

फुर्सदिला भए प्रधानमन्त्री, जन्तेबाख्रो खान हिँड्न थाले जिल्लाजिल्ला

राष्ट्र बैंक भन्छः घ्यू, तेल, दलहन र गेडागुडीको भाउ घट्यो

भारतमा भन्दा मुद्रास्फीति नेपालमा बढी

बैंक अफ काठमान्डू लुम्बिनीले दिने भयो २३ प्रतिशत बोनस सेयर

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत लाभांश पारित

बार्सिलोनामा पशुबध विरोध

मेगा बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

उद्योग विभागलाई ३० घन्टामा उद्योग दर्ता गर्न मन्त्रीको निर्देशन

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको