Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग विभागलाई ३० घन्टामा उद्योग दर्ता गर्न मन्त्रीको निर्देशन

शुक्रबार, ०१ पुस २०७३, ११ : ४६ मा प्रकाशित

उद्योग विभागलाई ३० घन्टामा उद्योग दर्ता गर्न मन्त्रीको निर्देशन

अर्थ संसार
काठमाडौं–उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई निवेदन दर्ता गरेको ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाण पत्र दिईसक्न उद्योग विभागलाई निर्देशन दिएका छन् । उनले विदेशी लगानीकर्ताको हकमा ७ दिनभित्र उद्योग दर्ताको प्रमाण पत्र दिईसक्ने व्यवस्था मिलाउन भनेका छन् ।

नयाँ उद्योगदर्ता गर्न विभागले १४ दिनसम्म लगाउने गरेको छ । मूलुकमा औद्योगिकरणका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन निर्देशन दिए ।

उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागजपत्रहरुको विवरण विभागको वेभसाईटमा अध्यावधिक गर्न निर्देशन दिँदै मन्त्री जोशीले सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले सेवाग्राहीहरुको गुनासो सुन्न आपैm वा राज्यमन्त्री विभागमा उपस्थित हुने व्यवस्थासमेत गरेको बताए ।

मन्त्री जोशीले उद्योगहरुलाई प्रदुषण कम गर्ने उपाय अवलम्वन गर्न पत्राचार गर्न मन्त्री जोशीले कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

यो पनि पढ्नु्होस् 

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको