Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत लाभांश पारित

शुक्रबार, ०१ पुस २०७३, १२ : ५२ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत लाभांश पारित

अर्थ संसार
काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्सको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूंजीको १८.१८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न साधारणसभाले कम्पनीका अध्यक्ष मनोहरदास मूलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/०७३ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण पारित गरेको छ ।

अध्यक्ष मूलले कम्पनीले स्थापनाको पहिलो बर्षदेखि लगातार मुनाफा कमाउन सफल भएको बताउँदै गत आर्थिक बर्ष अघिल्लो बर्षको तुलनामा २१.३५ प्रतिशतले बृद्धि भई  ७७ करोड ८० लाखभन्दा बढि बीमा शुल्क आर्जन गरेको जानकारी दिए ।

उनले महाभुकम्पको कारणबाट भएको क्षतिका दावी शत प्रतिशत फछ्र्यौट भइसकेको जानकारी दिए । लुम्बिनीले आर्थिक वर्ष २०७२/०७३ मा करिब १५ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । साधारणसभाले उल्लेखित बोनस बितरणपश्चात कायम हुन आउने चुक्ता पूंजी ३९ करोडको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको