Like us!
Follow us!
Connect us!
Watch us!

फुर्सदिला भए प्रधानमन्त्री, जन्तेबाख्रो खान हिँड्न थाले जिल्लाजिल्ला

शुक्रबार, ०१ पुस २०७३, १४ : १४ मा प्रकाशित

फुर्सदिला भए प्रधानमन्त्री, जन्तेबाख्रो खान हिँड्न थाले जिल्लाजिल्ला

अर्थ संसार

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल अचेल निकै फुर्सदिला देखिएका छन् । उनी यतिखेर आफ्ना कार्यकर्ताको विहेको जन्तेबाख्रो खान जिल्ला जिल्ला धाइरहेका छन् । उनले यसै साता सिन्धुली र सिरहामा भएका दुई वटा बिहेभोजमा जन्ते बाख्रो खान भ्याए ।

संविधान संशोधन संसदमा अड्किएको छ । प्रतिपक्षले निरंतर संसद अवरुद्ध गरिरहेको छ । संविधान अनुसार यही बर्ष स्थानीय निकायको निर्वाचन गर्नु पर्ने छ । यस्तो अबस्थामा प्रधानमन्त्रीको दौडधुप दलहरुबीच एकता, सहमति र सहकार्यका लागि हुनु पर्ने हो । यस्तो अबस्था छाडेर उनी विहेभोज खान दौडिरहेका छन् ।

संपत्ति सार्बजनिक गर्नसमेत ४ महिना विताएका प्रधानमन्त्रीको कुनै ब्यस्तता देखिएको छैन । झूठो बिवरण दिएको आरोप खेपिरहेका प्रधानमन्त्रीको फुर्सदिलो घुमाइलाई सबैले अनौठो मानेका छन् ।

प्रधानमन्त्री दाहाल माओवादी नेता गोपी अछामीका भाइ तीर्थ अछामी र लक्ष्मी विसुंखेको विहेको निम्तो मान्न मंसिर २८ गते सिन्धुलीको झागाझोली रातमाछा पुगेका थिए । त्यहाँ उनले दुलहादुलहीलाई शुभकामना दिनुका साथै विहेभोज खाएका थिए । 

सिन्धुलीमा कार्यकर्ताको विहेमा सहभागी भएलगत्तै प्रधानमन्त्री माओवादी नेता मातृका यादवका छोरा अमरको विवाहमा सहभागी हुन सिरहा पुगेका थिए । सिरहा गोबिन्दपुरका सोबिन यादवकी छोरी कविता यादवको बिबाह नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य मातृका यादवको छोरा अमर यादवसँग भएको थियो । उक्त बिहेमा सहभागी हुन उर्जा मन्त्री जनार्दन शर्मा,  कानुन मन्त्री अजयशंकर नायकसमेत उपस्थित थिए ।

मातृकाका छोराको विहेमा सहभागी हुन गएका प्रचण्डको तस्बिर जिबच्छ उदासीले फेसबुकमा सार्बजनिक गरेका छन् । उक्त तस्बिरमा कमेन्ट गर्दै पत्रकार दीपक श्रेष्ठले लेखेका छन्, ‘हैन अब बिहेमा पनि धाउन थाले प्रधानमन्त्री ?’

यता गोपी अछामीले आफ्ना भाइको विहेमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालको बेहुलाबेहुलीसँग खिचिएको तस्बिर फेसबुकमा सार्बजनिक गरेका छन् । उनले राखेका तस्बिरमा नयाँ शक्ति पार्टीका केन्द्रीय नेता गगानारायण श्रेष्ठसहित नेकपा (माओवादी केन्द्र) सिन्धुलीका ईन्चार्ज तथा पोलिटब्युरो सदस्य विसमलाल अधिकारी दनुवार, पोलिट ब्युरो सदस्य सुशील गणेश उप्रेती, केन्द्रीय आयोजक सदस्यहरु खेमराज भट्टराई, विनिता घिमिरे, नरमाया भट्टराई, लोचन धमला, मुक्ति वराल, नवराज चापागाईंलगायत लामबद्ध देखिन्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको