Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

शुक्रबार, ०१ पुस २०७३, ११ : ०७ मा प्रकाशित

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

अर्थ संसार
काठमाडौं– नागरिक लगानी कोषले नयाँ बानेश्वरमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्यमा बिशेष योगदान पुर्याएवापत भनेर महानगरिय प्रहरी परिसर काठमाडौका पूर्व प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बिक्रमसिंह थापालाई सम्मान गरेको छ ।

कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्मा र कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बिहीबार थापालाई सम्मान स्वरुप कदर पत्र र मायाको चिनो प्रदान गरे । सोही कार्यमा सहयोग गरेवापत महानगरिय प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरीया र शसस्त्र प्रहरी बल अस्थायी सुरक्षा वेश ट्रलीबस प्रमुख नायव उपरीक्षक राजेन्द्र श्रेष्ठलाई पनि कोषका अध्यक्ष  र कार्यकारी निर्देशक पोखरेलले कदर पत्र प्रदान गरी सम्मान गरे ।

त्यस अवसरमा अध्यक्ष शर्मा र कार्यकारी निर्देशक पोखरेलले संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा पूर्वाधार तयार गरेर कोषमा सहभागी ६ लाख सेवाग्राहीलाई एउटै छानामुनि सबै सेवा प्रदान गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

त्यस अवसरमा कोषमा सहभागी निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शिक्षकको मागलाई ध्यानमा राख्दै कोषले ब्यवसायिक भवन बनाउने तर्फ काम अगाडी बढाइसकेकोमा सबै सहभागीले जोड दिएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।   नयाँ बानेश्वरमा तरकारी बजार रहेको कोषको जग्गा प्रहरी प्रयोग गरेर खाली गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको