Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

शुक्रबार, ०१ पुस २०७३, १२ : ०५ मा प्रकाशित

मेगा बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अर्थ संसार
 काठमाडौं–मेगा बैंक नेपालं र बुम रेमिट्यान्सबिच नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम मेगा भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापछि बुम रेमीटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य हुने छ ।

सम्झौता पत्रमा मेगा बैंक नेपालको तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३ हजार ६ सयभन्दा बढी प्रतिनिधिहरु छन् ।
 
बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

यो पनि पढ्नु्होस् 

उद्योग विभागलाई ३० घन्टामा उद्योग दर्ता गर्न मन्त्रीको निर्देशन

द ब्रिटिस कलेजले सुरु गर्यो योङ इन्टरप्रेनर्स सोसाइटी

नागरिक लगानी कोषले तरकारी बजारको टहरा हटाइ दिएकामा पूर्वप्रहरी उपरीक्षकलाई गर्यो सम्मान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको