Like us!
Follow us!
Connect us!
Watch us!

रणनीतिक महत्वका प्रसारण लाइन बनाउन २० अर्ब ५० करोड लगानी गर्दै यूरोपेली बैंक

सोमबार, १० बैशाख २०७५, १० : ५० मा प्रकाशित

रणनीतिक महत्वका प्रसारण लाइन बनाउन २० अर्ब ५० करोड लगानी गर्दै यूरोपेली बैंक

अर्थ संसार, काठमाडौं– नेपालको ऊर्जा प्रणालीको प्रमुख अवरोधको रुपमा रहेको प्रसारण लाइन निर्माणमा विदेशी दातृ निकायले एक पछि अर्को गर्दै सघाउन थालेका छन् ।  यसै क्रममा यूरोपेली बैंकले प्रसारण लाइन निर्माणमा विशेष सहयोग गर्न लागेको हो ।
 
त्यसमा विशेष गरी चिलिमे–त्रिशूली २२० किलोभोल्ट प्रसारण लाइन, त्रिशूली थ्री बी हब सब स्टेशन परियोजना, मस्र्याङदी करिडोर २२० किलोभोल्ट प्रसारण लाइन परियोजना, समुद्रटार–त्रिशुली थ्री बी हब १३२ केभी प्रसारण लाइन परियोजना निर्माण हुनेछ ।

यस्तै  १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् परियोजना, रसुवा–नुवाकोट प्रसारण परियोजना पुनःनिर्माण तथा स्तरोन्नति आयोजना, लेखनाथ–दमौली २२० किलोभोल्ट प्रसारण लाइन परियोजनाका निम्ति उक्त बैंकले रु २० अर्ब ५० करोड ऋण उपलब्ध गराउने भएको हो ।

 ती परियोजनमा युरोपेली संघ, अन्तर्राष्ट्रिय सहयोगका लागि जापानी सहयोग नियोग (जाइका), एशियाली विकास बैंक, यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासलगायतले आर्थिक सहायता प्रदान गरेका छन् ।

यो पनि पढ्नुहोस्

पञ्चेश्वरको बैठक सुरु, जुटला डिपिआरमा सहमति

नाफामा अब्बल बन्दै नेपाल बैंक, त्रैमाससम्म २ अर्ब ५६ करोड कमाउन सफल

बोलकबोल मार्फत आज साढे १३ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैशाख १६ देखि निर्धन उत्थानको ३ लाख ५७ हजार कित्ता लिलामीमा

धितोपत्र बोर्डले दियो रैराङ हाइड्रोपावरलाई ८ करोड ४० लाखको आइपिओ निश्कासन गर्ने अनुमति

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको