Like us!
Follow us!
Connect us!
Watch us!

बोलकबोल मार्फत आज साढे १३ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

सोमबार, १० बैशाख २०७५, ०७ : ३९ मा प्रकाशित

बोलकबोल मार्फत  आज साढे १३ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार,  काठमाडौं – केन्द्रिय बैंकले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत विक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।

उक्त ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजेसम्म बोलकबोलका लागि समय छुट्याइएको र मंगलबार जारी गरिने राष्ट्र बैंकलेले जानकारी दिएको छ । बैकले २८ दिने अवधिको ३ अर्ब रूपैयाँ बराबरको विक्री ट्रेजरी बिल आगामी जेठ ८ गते परिपक्व गर्नेछ ।

यस्तै ५ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल आगामी साउन ८ गते र ५ अर्ब रूपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल कात्तिक ६ गते परिपक्व हुने बैकले बताएको छ ।

कुल प्रस्ताव रकममध्ये १५ प्रतिशत गैर प्रतिस्पर्धी बोलीदाताको लागि हुने राष्ट्र बैकले जानकारी दिएकोे छ । यसअघि वैशाख १ गते राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो । जसमा १० अर्ब ५६ करोड रुपैयाँको बोलकबोल परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको