Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले दियो रैराङ हाइड्रोपावरलाई ८ करोड ४० लाखको आइपिओ निश्कासन गर्ने अनुमति

सोमबार, १० बैशाख २०७५, १० : ०८ मा प्रकाशित

धितोपत्र बोर्डले  दियो रैराङ हाइड्रोपावरलाई ८ करोड ४० लाखको आइपिओ निश्कासन गर्ने अनुमति

अर्थ संसार, काठमाडौं–  नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर (आइपिओ) निश्कासन गर्न आइतबार अनुमति दिएको छ ।

 रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको व्यवस्थापनमा ताप्लेजुङ र पाँचथरस्थित इवा खोलामा निर्माण भइरहेको रैराङ हाइड्रोपावरको निर्माणको काम ९० प्रतिशत सकिएको छ । 

अबको ६० दिनभित्र निर्माण कार्य पुरा गरी बत्ति बाल्ने योजना सहित काम तिव्र गतिमा भैरहेको कम्पनीका आयोजना प्रमुख कुबेरमणि नेपालले बताउनुभयो । आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युत शक्ति उत्पादन गर्नेछ ।

इवा खोला आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १६० करोड रुपैयाँ लागत लाग्ने वित्तीय प्रक्षेपण गरी आयोजनाको निर्माण कार्य थालनी भएको थियो । कुल लगानीको ६५ प्रतिशत अर्थात १०४ करोड  वैंकको ऋण रहेको छ ।

त्यसमा बैक अफ काठमाण्डुको अगुवाइमा माछापुछ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धार्थ बैंक गरी ५ बैंकको लगानी रहेको छ ।

बाँकी ३५ प्रतिशत अर्थात ५६ करोड लगानी इक्विटी मार्फत हुनेछ । जसमा  संचालन  र अन्य लगानीकर्ताको २८ करोड, रिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनीको १४ करोड स्थानीयवासीबाट ५ करोड ६० लाख  र सर्वसाधारण सेयरबाट ८ करोड ४० लाख गरी ५६ करोड रहेको छ ।

यस अघि स्थानीयवासीको लागि छुट्याइएको १० प्रतिशत सेयर निश्कासन गरी बाँडफाँट भैसकेको छ । बाँकी १५ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले स्वकृती दिएको छ ।

आयोजन निर्माण सम्पन्न भई बत्ति बल्न थालेपछि बार्षिक करिव ३५ करोड आम्दानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अधिकत पुँजी सय करोड छ भने जारी पुँजी ५६ करोड रहेको छ । सर्वसाधारण सेयर निश्कासन पछि कम्पनीको चुक्तापुँजी  ५६ करोड हुनेछ ।

कम्पनीले साधारण सेयर सेयरधनीहरुको लागि सेयर आह्वानपत्र छिट्टै आह्वान गर्ने जनाएको छ ।  आयोजनाले विद्युत उत्पान गरेपश्चात पूर्वक्षेत्रमा विद्युत आपूर्ति गर्न सहज हुनुको साथै यसबाट भारतिय विद्युत आयतमा कम हुनेछ ।

5adc78909b056.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको