Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै नेपाल बैंक, त्रैमाससम्म २ अर्ब ५६ करोड कमाउन सफल

सोमबार, १० बैशाख २०७५, १० : २६ मा प्रकाशित

नाफामा अब्बल बन्दै नेपाल बैंक, त्रैमाससम्म २ अर्ब ५६ करोड कमाउन सफल

अर्थ संसार, काठमाडौ– बैकहरु माझ छुट्टै स्थान बनाउ सफल नेपाल बैंक लिमिटेड नाफामा अब्बल बन्दै गएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ मुनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो ।

सोही अवधिमा गत वर्षको तुलनामा यस बर्ष करिव ५ करोड बढी कमाएको देखिन्छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा प्रतिकुल अवस्थामा पनि बैंकको वित्तीय अवस्था सकरात्मक रहेको जानकारी दिएको छ ।

बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र सीसीडी रेसियो ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ६.९३ प्रतिशत थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको