Like us!
Follow us!
Connect us!
Watch us!

बैशाख १६ देखि निर्धन उत्थानको ३ लाख ५७ हजार कित्ता लिलामीमा

सोमबार, १० बैशाख २०७५, १० : १३ मा प्रकाशित

बैशाख १६ देखि निर्धन उत्थानको ३ लाख ५७ हजार कित्ता लिलामीमा

अर्थ संसार, काठमाडौं–  निर्धन उत्थान बैंकले ग्रामीण ट्रस्ट बंगलादेशको स्वामित्वमा रहेको ३ लाख ५७ हजार ०८३.१२ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ ।

बैंकले यही  वैशाख १६ देखि लिलामीमा बेच्ने भएको हो ।   यसमा न्यूनतम ५२३ रुपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । बैंकले ५२३ रुपैयाँ भन्दा कम मूल्य तोकी पेस गरिएको बोलपत्र स्वीकृत नगर्ने जनाएको छ ।

आवेदन दिने अन्तिम म्याद जेठ २० गतेसम्म तोकिएको छ । निर्धनले संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामीमा ल्याउन लागेको हो । बोलकबोल गर्दा न्यूनतम १०० कितादेखि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कहाँबाट आवेदन दिने

यस बैंकको लिलामी सेयर किन्ने इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंसहित यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्ज र नारायणगढ शाखाबाट पनि बोलपत्र भर्न सकिने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको