Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, ०९ : ५४ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हाे । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २५ जना पुगेको छ । 

असार ८ गते अस्पताल भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षका पुरुषको गएराति ज्यान गएको प्रतिष्ठानलका सहप्रध्यापक डा. अर्जुन आचार्यले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् । ती पुरुषमा कोराेना संक्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको उनले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको