Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टइन्डिज ए विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्दै

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, १२ : ०८ मा प्रकाशित

वेस्टइन्डिज ए विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्दै

वेस्टइन्डिज एविरुद्धको पहिलो टिट्वान्टी खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको खेलमा नेपाली टोलीले टस जित्दै फिल्डिङमा गर्न लागेको हो । खेल मध्यान्ह एक बजेदेखि शुरु हुनेछ । आज अप्रिल २७ देखि मे ४ सम्म हुने सिरिजमा दुई टोलीबीच पाँच टिट्वान्टी खेल हुनेछ । नेपाली टोलीले वेस्टइन्डिज टिमसँग हालसम्म एक खेल मात्र खेलेको छ ।

२०२३ को विश्वकप क्वालिफायरअन्तर्गत जिम्बाबेको हरारेमा भएको उक्त खेलमा नेपाल १०१ रनको विशाल अन्तरले पराजित भएको थियो । टिट्वान्टी विश्वकपको तयारी गरिरहेको नेपाली टोलीले दुई महिनाको अन्तरालमा दोस्रो टेस्ट राष्ट्रको ए टोलीसँग सिरिज खेल्न लागेको छ । यस अघि नेपालले आयरल्यान्डको ए टोलीलाई हराइसकेको छ । तर आयरल्यान्ड भन्दा वेस्ट इन्डिजको टोली निकै अनुभवी र शक्तिशाली रहेको छ ।

रोस्टन चेसको कप्तानी रहेको १५ सदस्यीय वेस्ट इन्डिजको टोलीमा राष्ट्रिय टिमबाट खेल्ने प्रमुख खेलाडीसमेत समावेश गरिएका छन् । टोलीका अन्य खेलाडीमा उपकप्तान एलिक अथानेज, फाबिएन एलेन, कादिम एल्लेन, होसुवा विसप, केसी कार्टी, जोन्सन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्ड, ओबेड म्याक्कोए, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडेन वाल्स रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको