Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर राख्नुस् है, आउँदैछ शिखर इन्स्योरेन्सको हकप्रद

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, ०८ : ३४ मा प्रकाशित

पैसा जम्मा गरेर राख्नुस् है, आउँदैछ शिखर इन्स्योरेन्सको हकप्रद

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई १:०.३ काे अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ ।

कम्पनीकाे फागुन १ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार कम्पनीकाे १४ औँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि फागुन १३ गते, मंगलबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, फागुन १२ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । यसअघि  चैत १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भनिएकाेमा कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण स्थगित भएको थियो ।

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले असार १४ गते आइतबारबाट साउन ४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैं तथा शाखा कार्यालयहरु, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको