Like us!
Follow us!
Connect us!
Watch us!

अत्तरखेलमा सिभिल बैंकको नयाँ शाखा संचालन

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १५ : ५२ मा प्रकाशित

अत्तरखेलमा सिभिल बैंकको नयाँ शाखा संचालन

अर्थ संसार, काठमाडौं – समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडाैं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । 

अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रूपमा गरेका हुन् ।

यसैगरी, नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रूपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको हाे। 
 
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडाैंलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय, नयाँपाटी, काठमाडाैंका विद्यार्थीहरूका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरीएकाे छ । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरिएकाे हाे ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापना सँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई व्याज आर्जन गर्न आग्रह गरेका छन् । 

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।

त्यस्तै, हालसम्म ४ लाख ३० हजार भन्दा बढी ग्राहकहरू रहेको करीव ५४ अर्ब रूपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रूपैयाँ कर्जा लगानी गरेको सिभिल बैंकको ११३ वटा शाखाहरू तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

 


 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको