Like us!
Follow us!
Connect us!
Watch us!

सम्पूर्ण अदालत २ हप्तालाई बन्द

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १५ : ३० मा प्रकाशित

सम्पूर्ण अदालत २ हप्तालाई बन्द

अर्थ संसार, काठमाडौं – अबकाे २ हप्तालाई देशभरका सबै अदालतहरू बन्द गरिने भएकाे छ । 

सर्वोच्च अदालतमा आज (शुक्रबार) बसेको पूर्ण बैठकले चैत्र २१ गतेसम्मका लागि सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको हाे ।

यसैगरी, प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको उक्त बैठकले दुई हप्ता बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

विश्वव्यापी रूपमा फैलिएकाे काेराेना (कोभिड १९) काे त्रासलाई मध्यनजर गर्दै गर्दै सम्पूर्ण अदालतहरू बन्द गर्ने निर्णय गरिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको