Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंककाे साधारण सभा भाेलि, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ५७ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंककाे साधारण सभा भाेलि, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – मितेरी डेभलपमेन्ट बैंककाे वार्षिक साधारण सभा भाेलि (शनिबार) हुँदैछ । कोरोना भाइरसको त्रासका कारण अन्य कम्पनीहरूकाे साधारण सभा स्थगित भएतापनि यस बैंकले भने ताेकिएकाे समयमा नै साधारण सभा गर्न लागेकाे हाे । 

बैंककाे फागुन १५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे १४औँ वार्षिक साधारण सभा चैत्र ८ गते शनिबार गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि सुरू गर्ने निर्णय गरेकाे थियाे । 

उक्त सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम गत आर्थिक वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागी  ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन पारित गरिनेछ । सभाले मर्जर तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने निर्णय समेत गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको