Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा नयाँ इतिहास कायम, एकैदिन २२ सयले बढ्याे

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १० : ५४ मा प्रकाशित

सुनकाे मूल्यमा नयाँ इतिहास कायम, एकैदिन २२ सयले बढ्याे

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) फेरि सुनकाे मूल्यमा नयाँ इतिहास कायम भएकाे छ ।

मंगलबार ताेलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ७८ हजार ३ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बुधबार) एकैदिनमा ताेलाकाे २२ सयले बढेर प्रतिताेला ८० हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला ८ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको