Like us!
Follow us!
Connect us!
Watch us!

बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी, खोसियो काङ्ग्रेसको सिट

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १३ : ५१ मा प्रकाशित

बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी, खोसियो काङ्ग्रेसको सिट

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र क को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । 

उनले काङ्ग्रेसका निकटतम प्रतिद्वन्द्वी अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा काङ्ग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् । 

यसैगरी माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । यससँगै प्रदेशसभामा नेकपा एमालेले काङ्ग्रेसको एक सिट खोसेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको