Like us!
Follow us!
Connect us!
Watch us!

इलाममा ४५२३ मतान्तरले अघि बढे सुहाङ

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १३ : ५१ मा प्रकाशित

इलाममा ४५२३ मतान्तरले अघि बढे सुहाङ

इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२,४०५ मत पाएका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ७ हजार ८८२ मत पाएका छन् । सुहाङ खड्काभन्दा ४ हजार ५२३ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ७७६९ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १४६५ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको