Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्याेरेन्सकाे लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम माैका

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, ११ : ५२ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्याेरेन्सकाे लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्याेरेन्सकाे लिलामी शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज (फागुन २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

सर्वसाधारण समूहकाे अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

यसैगरी, कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको उक्त शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त हकप्रद शेयर फागुन १४ गतेदेखि खुल्ला गरिएकाे थियाे ।  

त्यसैगरी, शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

त्यस्तै, कम्पनीको शेयर बिक्री प्रबन्धक सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको