Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीको आवाज सुन्यो सिभिल बैंकले, २ दिनमै लाभांश शेयरधनीको खातामा

अर्थ संसार

मंगलबार, ०८ पुस २०७६, १२ : २३ मा प्रकाशित

शेयरधनीको आवाज सुन्यो सिभिल बैंकले, २ दिनमै लाभांश शेयरधनीको खातामा

अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडले शेयरधनीको माग अनुसार नै साधारणसभाले पारित गरेको लाभांश शेयरधनीको खातामा हालेको छ ।

पौष ६ गते सम्पन्न ९ औं वार्षिक साधारणसभामामा बोल्ने शेयरधनीले छिटो भन्दा छिटो लाभांश शेयरधनीको खातामा हाल्न अनुरोध गरेका थिए ।  बैंकले (आज) ८ गते शेयरधनीको खातामा लाभांश जम्मा गरिसकेको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिइएको थियो ।  शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेडले डिम्याट खातामा बैंक खात नम्वर अध्यावधिक नराउनु भएका शेयरधनी महानुभावहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखी डिम्याट खातामा बैंक खाता समे अद्यावधिक गराउनु हुनु अनुरोध गरेको छ ।

5e01b3eab0b79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको