Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

अर्थ संसार

मंगलबार, २८ असोज २०७६, १९ : ०१ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

अर्थ संसार, काठमाडौं- एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नुहुनेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  सुधिर नाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गर्नुभयो । यस योजनाबाट ग्राहक महानुभावहरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्नुहुने र डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको