Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकमा लगानी गर्ने अवसर ! ४ अर्बको ऋणपत्र बिक्री हुँदै

विहीबार, ०३ माघ २०७५, १२ : ५१ मा प्रकाशित

एनआईसी एशिया बैंकमा लगानी गर्ने  अवसर !  ४ अर्बको ऋणपत्र बिक्री हुँदै

अर्थ संसार, काठमाडौँ– एनआईसी एशिया बैंकले यही माघ १३ गतेदेखि रु ४ अर्ब बराबरको  ऋणपत्र बिक्री  गर्ने भएको छ । बैंकले सर्वसाधारणको लागि निष्काशनको १६ लाख कित्ता ऋणपत्र दिनेछ ।

दश वर्षको लागि १० प्रतिशतका दरले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ताको लागि आवदेन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

सर्वसाधारणले अधिकतम २० कित्तासम्मको लागि छिटोमा माघ १६ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा फागुन १३ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ ।

 बैंकले सर्वसाधारणको लागि निष्काशन गरिएको मध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको छ।

दश वर्षको अवधि रहेको यस ऋणपत्र आर्थिक वर्ष २०८५÷८६ समाप्त हुनेछ । ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । बैंकले निष्काशन गर्ने लागेको यो चौथो ऋणपत्र हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको