Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता : ग्राहकलाई यस्तो अफर

मंगलबार, २८ साउन २०७६, १६ : ३५ मा प्रकाशित

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता : ग्राहकलाई यस्तो अफर

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको