Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र किष्ट हस्पिटलबीच सम्झौता

कमला भुसाल

विहीबार, १६ जेठ २०७६, १४ : ३५ मा प्रकाशित

एनआईसी एशिया बैंक र किष्ट हस्पिटलबीच सम्झौता

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरे ।

बैंकले हालसम्म देशभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको