Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं कम्पनी विश्लेषण

शुक्रबार, १७ जेठ २०७६, १० : ४६ मा प्रकाशित

एनआईसी एशिया बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं कम्पनी विश्लेषण

बैंकले तेस्रो पटक ४४ लाख कित्ता ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ ६ गते निवेदन दिएको हो । ४४ लाखमध्ये बैंकले १७ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि र २६ लाख ४० हजार व्यक्तिगत संघ संस्थालाई जारी गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १७ जेठ २०७६) चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. २ अर्ब २७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४५ प्रतिशत बढी हो । बैंकले सो अवधिमा रू. ९२ करोड ७९ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ४८५ कायम भएको छ । यो मूल्य अघिल्लो दिनभन्दा ५ अंक बढी हो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४९८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४७७ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको