Like us!
Follow us!
Connect us!
Watch us!

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

शुक्रबार, ०८ चैत्र २०७५, ०८ : १४ मा प्रकाशित

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

अर्थ संसार काठमाडौं-जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी भएको छ । फागुन ३० गतेदेखि चैत २गतेसम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै एनआईसी एशियाबैंकको टिम विजयी भएको हो ।

विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवाप्रदान गरेर आम जनमानसको मन जित्न सफलएन आईसी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थितीजनाउदै आएको रप्राय सबै बैंकिङ्ग परिसुचकहरुमा अग्रस्थान ओगटन सफल भएको छ ।  

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रा. लि. ले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।

बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा जस्तैः KKXI Corporate Cup Indoor Cricket2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो, The Banker’s Cup 2018 मा दोस्रो तथा NIC ASIA BankCorporate Indoor Cup 2017 मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आइरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै

सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।  करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ  ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको