Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढीको आइपिओ : ४० कित्तासम्म मागेजति सवैलाई, बाँकीलाई थप गोला प्रथाबाट १० कित्ता

विहीबार, १९ बैशाख २०७६, १६ : ३२ मा प्रकाशित

रसुवागढीको आइपिओ : ४० कित्तासम्म मागेजति सवैलाई, बाँकीलाई थप गोला प्रथाबाट १० कित्ता

अर्थ संसार, काठमाडौं– रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ  । बिहीबार उर्जा मन्त्रालयको सभाहलमा आइपिओ बाँडफाँड भएको कार्यक्रममा आइपीओ रितपूर्वक आवेदन दिएका २ लाख ९१ हजार २७२ जना आवेदकलाई बाँडफाँट गरिएको छ ।

यसमा १० देखि ४० कित्तासम्म आवेदन दिएकालाई माग अनुसार नै सेयर दिइएको छ । २३ हजार ६९३ जनालाई भने गोलाप्रथाबाट थप १० कित्ता सेयर दिइएको छ ।

वैशाख ६ गतेदेखि बैशाख १२ गतेसम्म रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेकोमध्ये ४ प्रतिशत ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत ९५ लाख १३ हजार १५७ कित्त म्युचुअल फन्ड  र बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको  थियो ।

5ccacfeaba933.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको