Like us!
Follow us!
Connect us!
Watch us!

भिजिबिलिटी कमजोर हुँदा पोखरामा दैनिक १७ उडान गर्ने बुद्ध एयरको सातामा १८ उडान मात्रै

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १८ : ३० मा प्रकाशित

भिजिबिलिटी कमजोर हुँदा पोखरामा दैनिक १७ उडान गर्ने बुद्ध एयरको सातामा १८ उडान मात्रै

विगत एक सातादेखि कमजोर भिजिबिलिटीका कारण दैनिक १७ उडान गर्ने बुद्ध एयरले सातामा १८ उडान मात्रै भरेको छ ।

दैनिक हजारौं यात्रुको आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि भिजिबिलिटीमा केही सुधार हुँदा बिहान सुचारु भएपनि पुन भिजिबिलिटी खराब हुँदा प्रभावित भएको छ । विगत एकसातादेखि कम भिजिबिलिटीका कारण उडानहरु निकै प्रभावित भएका थिए । बुद्ध एयरले दैनिक काठमाडौंदेखि पोखरा १७ उडान गर्दै आएको थियो । यसैगरी कम्पनीले पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सिधा उडान गर्दै आएको छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्ध एयरले ७ उडान भरेको थियो भने अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएको थिएन । यसैगरी २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि उडान हुन सकेका थिएनन् । मे १ का दिन भने दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि ५ उडान भएको थियो ।

उडान प्रभावित हुँदा नेपालका साथै विदेशी यात्रुहरु निकै प्रभावित भएका छन् भने निर्माणाधीन अवस्थामा रहेको पृथ्वी राजमार्गमार्फत निकै सास्ती बेहोर्दै यात्रा गर्न बाध्य भएका छन् । अवरुद्ध भएका उडानको रिस्केड्युल तथा रद्द भएका उडानका यात्रुहरुलाई रिफन्ड गरिएको बुद्ध एयरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको