Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेनको आईपिओ बाँडफाँड : अधिकांशको लगानीकर्ताको हातमा २० कित्ता शेयर

विहीबार, १९ बैशाख २०७६, १६ : ०८ मा प्रकाशित

साञ्जेनको आईपिओ बाँडफाँड : अधिकांशको लगानीकर्ताको हातमा २० कित्ता शेयर

अर्थ संसार, काठमाडौं–  उर्जा मन्त्रालयको सभाहलमा बिहीबार साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण शेयर  (आइपिओ) बाँडफाँड भएको छ । जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा  भएको शेयर बाँडफाँडमा रित पुर्वक परेको आवेदनकर्ता सवैले शेयर पाएका छन् ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार   ५९ हजार ४५५ जनाले १० कित्ता, २० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन् । ८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्।

२ लाख ८८ हजार ७९७ जना आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा २८ लाख ८८ हजार ९७० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले वितरण गरिएको हो।

आईपिओमा आवेदन गरेर विविध कारणले ११ हजार ७०० वटा आवेदनबाट परेको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको छ  ।

वैशाख ६ गतेदेखि बैशाख १२ गतेसम्म सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता  जारी गरेको आइपीओमध्य ४ प्रतिशत २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फन्ड  र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्टाएको थियो ।

5ccac8033e8e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको