Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको ओरालो यात्रा शुरु, नेप्से र कारोबार रकममा गिरावट

विहीबार, १९ बैशाख २०७६, १५ : ११ मा प्रकाशित

शेयर बजारको ओरालो यात्रा शुरु, नेप्से र कारोबार रकममा गिरावट

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–केही दिन अघिसम्म एकाएक उचालिएको शेयर बजारमा पुन ओरालो यात्रा शुरु भएको छ । बुधबार ११.७ अंकले घटेको बजार  साताको अन्तिम दिन (आज) बिहीबार नेप्से र कारोबार रकम दुवैमा गिरावट भएको छ ।   बजार ४.२१ अंकले घट्दा नेप्से इन्डेक्स १२९४.३९ विन्दुमा आइपुगेको छ ।

कुल १७० वटा कम्पनीको १८ लाख ३ हजार २६ कित्ता शेयर खरिदबिक्री  ५८ करोड ७८ ५५ हजार ११३ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२८ अंकले घटेको छ ।

घटेको बजारमा होटल १३.६३ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ३७.५५ अंक र उत्पादन ३८.०८ अंकले बढेको छ । यता, बैकिङ ६.७६अंक, डेभलपमेन्ट बैंक १०.३२ अंक, जलविद्युत ४.५ अंक, फाइनान्स ३, अन्य १.३४ अंक, माइक्रोफाइनान्स ६.९ अंक र लाइफ इन्स्योरेन्स १८.६८ अंकले घटेको छ ।

आज हिमालयन डिष्टलरी लिमिटेडका लगानीकर्ताले आफ्ना आम्दानी ५ प्रतिशतले बढाएका छन् भने युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै ५ प्रतिशत आफ्नो आम्दानी गुमाएका छन् ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने समूह

घट्ने समूह

5ccabb816a94a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको