Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य ऊर्जामा अपि र रिडी हाइड्रोको उडान : एकै पटक साढे १२ मेगावाट क्षमताको सोर्य प्रणाली जडान गर्दै

ramesh lamsal

शुक्रबार, १० फागुन २०७५, १७ : ५३ मा प्रकाशित

सौर्य ऊर्जामा अपि र रिडी हाइड्रोको उडान : एकै पटक साढे १२ मेगावाट क्षमताको सोर्य प्रणाली जडान गर्दै

अर्थ संसार, काठमाडौं – नेपालको ऊर्जा क्षेत्रमा पायोनियर कम्पनीको रुपमा स्थापित अपि पावर कम्पनीले एक पछि अर्को गर्दै ऊर्जाको क्षेत्रमा योगदान दिँदै आएको छ ।

यसै क्रममा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपाने आवद्ध दुई वटा कम्पनीले १२.५ मेगावाट क्षमताका सौर्य ऊर्जा प्रणाली सँग जोडिएका उद्योग स्थापना गर्ने तयारी गर्नुभएको छ ।

उद्योग विभागमा पछिल्लो पटक दर्ता भएको विवरणअनुसार रौतहटको चन्द्रनगर नगरपालिका ५ मा  ४ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादन गर्ने भएको छ । सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजार २८४ बराबर रहेको छ ।  

यस्तै अपि पावर सँगै जोडिएको अर्को कम्पनी रिडी हाइड्रो पावर कम्पनीले रुपन्देहीको तिलोत्तलमा नगरपालिकामा ६ मा ८.५ मेगावाट क्षमताको सौर्य ऊर्जा उद्योग स्थापना गर्ने भएको छ ।

सो आयोजनाको  लागत ६५ करोड ४६ लाख ६२ हजार ५०० रहेको छ । ती आयोजनाबाट क्रमशः ८ र ६ जनाले रोजगारी पाउनेछन् । स्वदेशी लगानीमा नै ती आयोजना निर्माण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको